close

प्रत्यक्ष वैदेशिक लगानी : संघीय राजधानी बागमतीमा ओइरियो, अन्यत्र कम

प्रत्यक्ष वैदेशिक लगानी : संघीय राजधानी बागमतीमा ओइरियो, अन्यत्र कम

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) संघीयताको मर्मअनुसार सबै प्रदेशमा समान रूपले नभइरहेको देखिएको छ । राष्ट्र बैंकले गरेको अध्ययनअनुसार नेपाल भित्रिएको कुल एफडीआईमध्ये ६० प्रतिशतभन्दा बढी संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा केन्द्रित छ । बागमती प्रदेशमा १ खर्ब २० अर्ब १७ करोड रुपैयाँ बढी वैदेशिक लगानी भएको प्रतिवेदनमा उल्लेख छ । 

 

संघीयता कार्यान्वयन हुन थालेको ४ वर्ष भइसक्दा पनि वित्तीय पहुँच, कर्जा उपयोग, उद्योग सञ्चालनमा बागमती प्रदेशको तुलनामा अन्य प्रदेश कमजोर देखिएका छन् । 


आर्थिक वर्ष २०७६÷७७ सम्म नेपालमा कुल १९८ खर्ब ५२ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ । आर्थिक वर्ष २०७५÷७६ को तुलनामा अघिल्लो आर्थिक वर्षमा वैदेशिक लगानी ८ दशमलव ५ प्रतिशतले बढेको छ । 


नेपाल भित्रिएको वैदेशिक लगानीमध्ये प्रदेश १ मा २५ अर्ब, प्रदेश २ मा १८ अर्ब, गण्डकीमा ३० अर्ब, लुम्बिनीमा २ अर्ब, कर्णालीमा १ अर्ब र सुदूरपश्चिममा ४६ करोडभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ । 


बागमतीपछि गण्डकी प्रदेशमा धेरै वैदेशिक लगानी रहेको देखिएको छ । गण्डकीमा कुल लगानीको १५ दशमलव ३ प्रतिशत हिस्सा छ ।

 

यसैगरी प्रदेश १ मा १२ दशमलव ९, प्रदेश २ मा ९ दशमलव ४ र लुम्बिनीमा प्रदेशमा १ दशमलव ४, कर्णाली प्रदेशमा शून्य दशमलव ५ र सुदूरपश्चिमा सबैभन्दा कम शून्य दशमलव १ प्रतिशत मात्रै लगानी रहेको छ ।