close

दाङका सबै पालिकामा कक्षा १२ का परीक्षार्थीलाई खोप 

दाङका सबै पालिकामा कक्षा १२ का परीक्षार्थीलाई खोप 

Trulli
ADVERTISEMENT

दाङ– दाङमा कक्षा १२ परीक्षा दिने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । जिल्ला कोभिड–१९ खोप समन्वय समितिको बैठकले परीक्षा दिने नियमित तथा आंशिक विद्यार्थीलाई खोप दिने निर्णय गरेको हो ।

 

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ दाङ र राष्ट्रिय परीक्षा बोर्ड दाङको समन्वयमा यही २७ र २८ भदौमा एस्ट्रोजेनिक खोप लगाइने स्वास्थ्य कार्यालय दाङले बताएको छ ।

 

दाङका १० वटै स्थानीय तहका विद्यार्थीलाई खोप लगाइने भएको हो । लमहीमा ९ सय ९९, घोराहीमा ३ हजार ८ सय ४६, तुलसीपुरमा ३ हजार ३ सय ८९, राप्ती गाउँपालिकामा ७ सय ११, बंगलाचुलीमा ५२, बबईमा १ सय ९१, दंगिशरणमा ८७, गढवामा ४ सय ५८, राजपुरमा १ सय ३३ र शान्तिनगरमा २ सय ९१ गरी जम्मा १० हजार १ सय ५७ जनालाई खोप लगाउने व्यवस्था गरिएको छ । 

 

स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीद्वारा हस्ताक्षरित सूचनामा खोप दिइने विद्यार्थी संख्याबारे उल्लेख गरिएको हो । खोप लगाउन विद्यार्थीले अनिवार्य प्रवेशपत्र लिएर खोप केन्द्रमा जानुपर्नेछ । यसअघि एस्ट्राजेनिक खोप लगाउन छुटेका लक्षित समूहलाई पनि खोप दिइनेछ । साथै, सोही खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोजको व्यवस्था गरिदिन सम्बन्धित निकायमा माग गर्ने निर्णय भएको छ ।