close

महानगरको मुख्यालय तोडफोडमा उत्रिए जनप्रतिनिधि !

महानगरको मुख्यालय तोडफोडमा उत्रिए जनप्रतिनिधि !

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोलले महानगरको मुख्य कार्यालयमा तोडफोड गरेका छन् । वडाध्यक्षले महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रशासन प्रमुख महेश काफ्लेलगायतको कार्यकक्षको ढोकामै तोडफोड गरेका हुन् । 

 

इन्जिनियर सरुवाको विषयमा विवाद भएर तोडफोड गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘इन्जिनियरको सरुवा अध्यक्षलाई नसोधी गरेको भनेर रिसाउनुभएको रहेछ,’ उनले भने, ‘आक्रोशित भएपछि प्रमुख प्रशासकीय अधिकृतसहितको ढोकामा लात्ताले हान्नुभएको रहेछ ।’ 

 

इन्जिनियरलाई दुई वर्ष नपुग्दै सरुवा गरिएको भनेर उनी महानगर पदाधिकारीप्रति रुष्ट थिए । रिसको झोंकमा लात्ताले हान्दा ढोकामा सामान्य कब्जा हल्लिए पनि अन्य क्षति नभएको प्रवक्ता डंगोलले जानकारी दिए ।