close

अर्थमन्त्रीले ल्याए ओली सरकारको बजेट प्रतिस्थापन विधेयक 

अर्थमन्त्रीले ल्याए ओली सरकारको बजेट प्रतिस्थापन विधेयक 

Trulli
ADVERTISEMENT

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् । 

 

प्रतिनिधिसभाको शुक्रबारको तेस्रो बैठकमा चालु आव २०७८/७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गरेका हुन् ।

 

विधेयकमा  बहुआयामिक गरिबी घटाउने, उच्च आर्थिक दर कायम गर्ने र समावेशी आर्थिक नीति अवलम्बन गर्नेलगायत महत्वपूर्ण विषय समावेश रहेको छ । विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।  

 

प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोध र नाराबाजीका बीच उनले उक्त विधेयक प्रस्तुत गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदले उठेर रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए ।