close

तरकारी बोक्न गाउँ-गाउँमा कृषि एम्बुलेन्स

भैसीदेखि च्याउसम्ममा अनुदान

तरकारी बोक्न गाउँ-गाउँमा कृषि एम्बुलेन्स

भैसीदेखि च्याउसम्ममा अनुदान

Trulli
ADVERTISEMENT

रुपन्देही - कृषकको स्तरोन्नति र आत्मनिर्भरताका लागि देवदह नगरपालिकाले कृषकलाई अनुदानदेखि घर घरमा कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । नगरपालिकाले कोरोना महामारीका बेला पनि अनुदान, यान्त्रिक उपकरण र घरघरमा कृषि एम्बुलेन्स सञ्चालन गरेको हो ।


देवदहका नगरप्रमुख हिराबहादुर केसीका अनुसार नगरले कोरोना महामारीको अवस्थामा  नगरका १ सय बढी कृषकलाई २० हजारका दरले तरकारी खेती, बाख्रापालन र कुखुरापालन गर्न अनुदान दिएको छ । 


‘जनताको राहतका लागि कृषि एम्बुलेन्स सञ्चालन गरी १७ हजार क्विन्टल तरकारी घरघर वितरण गरेका छौं । यसबाट नगरपालिका क्षेत्रका जनलाताई राहत पुगेको अपेक्षा छ,’ केसीले भने । कोरोना महामारीबाट नगरबासीलाई जोगाउन कार्यक्रम सुरु गरिएकाले यसबाट घरघरमै स्थानीय तरकारी, फलफूल उपलब्ध भएको उनले दाबी गरे ।


नगरपालिकाले ३७ सय ५० कृषकलाई धान र गहुँको बिउमा ५० प्रतिशत अनुदान दिएको हो । कृषकलाई राहत होस् भनेर ३ हजारलाई च्याउ बिउमा ५० प्रतिशत अनुदानमा दिइएको केसी सुनाउँछन् ।

 
‘१७ कृषकलाई यान्त्रिक उपकरण दिएका छौं । ५७ भैंसीपालन, गाईपालन कृषकको  भकारो सुधार कार्यक्रम पूरा भइसकेको छ, नगरप्रमुख केसीले भने ।


यसबाट मूत्र संकलन गरी माटोको उर्वरा शक्ति बढाउन सहयोग पुग्ने देवदह नगर कृषि शाखाका प्रमुख अश्विनीकुमार शर्माले बताए । कृषिमा मकै, तरकारी, माछा पकेट क्षेत्र बनाई काम गरिरहेको उनले जानकारी दिए ।