close

थारु समुदायमा अटवारी पर्वको रौनक 

थारु समुदायमा अटवारी पर्वको रौनक 

Trulli
ADVERTISEMENT

दाङ–  २७ भदौमा पर्ने धार्मिक एवं सास्कृतिक महत्त्वको थारु समुदायको अटवारी पर्वमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । दाङका स्थानीय तहले थारु समुदायको पर्व अटवारी अवसरमा सार्वजनिक बिदा दिएका हुन् । परम्परागत रूपमा मनाइँदै आएको पर्व आइतबारका दिन मनाइने भएकाले अटवारी भन्ने गरिएको हो । 

 

‘यो थारु जातिको माघीपछिको ठूलो पर्व हो’, थारु कल्याणकारी सभा दाङका अध्यक्ष भुवन चौधरी भने । आइतबार दिनभरि व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अनदीको रोटी खाने गर्छन् । व्रतालुले फलफूललगायत परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने चलन छ । 


दाङका घोराही, तुलसीपुर उपमहानगरपालिका, राप्ती गाउँपालिका, दंगीशरण, गढवा गाउँपालिकाका प्रमुखले शुक्रबार सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिएको सूचना निकालेर जानकारी गराएका छन् । अटवारी पर्व पश्चिम नेपालको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङका थारु समुदायले धुमधामका साथ मनाउने गर्छन् ।