close

आन्तरिक राजस्व कार्यालयले फास्र्योट गर्‍यो आठ करोड बेरुजु 

आन्तरिक राजस्व कार्यालयले फास्र्योट गर्‍यो आठ करोड बेरुजु 

Trulli
ADVERTISEMENT

वाग्मती– वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा ८ करोड ३ लाख ९८ हजार बेरुजु फछ्र्यौट गरेर ९३ प्रतिशत उपलब्धि हासिल गरेको छ । 

 

गत आवमा ८ करोड ६२ लाख ५१ हजार बेरुजु फछ्र्यौटको लक्ष्य तोकिएको थियो । यसैगरी मूल्य अभिवृद्धि बक्यौतातर्फ ४  करोड ४६ लाख ५० हजार उठाउने लक्ष्य रहेकामा  ५   करोड एक लाख ३६ हजार बक्यौता उठाई ११२ प्रतिशत उपलब्धि हासिल गरेको कार्यालय प्रमुख शालिकराम आचार्यले जानकारी दिए । कार्यालयले आव २०७७/७८ मा ५  अर्ब ९९ करोड ३८ लाख राजस्व शंकलन  गरेको जनाएको  छ  ।  लक्ष्यभन्दा  ६० करोड रुपैयाँ बढी राजस्व संकलन गरेको हो । 

 

कार्यालयका अनुसार राजस्व संकलन आव २०७६/७७ को तुलनामा २५ प्रतिशतले बढेको, आव २०७७÷७८ मा उक्त वर्षको लक्ष्य ५  अर्ब ३९ करोड ९४ लाख रहेकामा ५  अर्ब ९९ करोड ३८ लाख राजस्व संकलन  भएको छ । कार्यालयको करदाता सेवा शाखाका अनुसार  उक्त आवमा थप ४ हजार २ सय ९१  व्यवसाय दर्ता भएकामा मूल्य अभिवृद्धिकरतर्फ ४ सय ४२ नयाँ व्यवसाय दर्ता भएकोे छ । उक्त आवमा थप ८ हजार ३ सय ३३ व्यक्तिगत स्थायी लेखा नम्बर जारी भएको कार्यालयले जनाएको छ ।