close

अपाचे आरटीआर २०० फोरभी सार्वजनिक 

अपाचे आरटीआर २०० फोरभी सार्वजनिक 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालका लागि टीभीएस मोटरको टू ह्वीलर तथा थ्री ह्वीलरको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे आरटीआर २०० फोरभीको फस्र्ट इन क्लास राइडिङ मोड्स, आरटी–एफआई, बीएस–भीआई र एबीएससहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ ।


काठमाडौंस्थित सोल्टी होटलमा आयोजित कार्यक्रममा टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष आर दिलीपले टीभीएस अपाचे शृंखलालाई निरन्तरता दिँदै फस्र्ट इन सेगमेन्ट फिचर्स र प्रविधियुक्त नयाँ टीभीएस अपाचे आरटीआर२०० फोरभी मोटरसाइकल नेपालमा बिक्री सुरु गरिएको बताए ।


जगदम्बा मोटर्स तथा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले नेपाली ग्राहकले टीभीएस अपाचे सिरिजको रेस एडिसनलाई रुचाउँदै आएकामा नयाँ उत्पादन पनि रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।


टीभीएस अपाचे आरटीआर२०० फोरभीमा सडक र मौसमअनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने आधुनिक फिचर्स राखिएको छ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तीन वटा मोड छन्, जसलाई चालकले परिस्थितिको आधारमा मोटरसाइकल गुडाउँदा परिवर्तन गर्न सक्नेछन् ।


यो मोटरसाइकल पहिलाको भन्दा फरक फस्र्ट इन सेगमेन्ट एड्जस्टेबल सस्पेन्सनसहित आएको छ । यो मोटरसाइकल ३–स्टेप एड्जस्टमेन्टसहित एड्जस्टेबल ब्रेक तथा क्लच लिभरसहित नेपाली बजारमा उपलब्ध हुनेछ । 


यस्तै, सिंगल च्यानल एबीएससहित यसको ब्रेकिङ प्रणालीमा व्यापक सुधार गरिएकाले अधिक सुरक्षित रहेको दाबी कम्पनीको छ । नेपालमा यो मोटरसाइकल ग्लस ब्लाक, पर्ल वाइट र नयाँ म्याट ब्लु गरेर ३ फरक रंगमा उपलब्ध हुनेछ ।