close

हुन्डाईमा फेस्टिभ डिलाइट योजना 

हुन्डाईमा फेस्टिभ डिलाइट योजना 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७८ योजना सार्वजनिक गरेको छ । 
योजनाअन्तर्गत ग्राहकलाई बम्पर उपहारका साथै गाडी खरिदमा ३ लाख रुपैयाँसम्मको नगद छुट दिइनेछ । बम्पर उपहारअन्तर्गत एक जना ग्राहकले लक्की ड्रमार्फत हुन्डाई आई२० गाडी पाउनेछन् । 

 

ग्राहकले स्क्र्याच कार्डमार्फत एक लाख रुपैयाँसम्म थप नगद छुट पाउन सक्ने कम्पनीले बताएको छ ।  एक वर्षसम्मको बीमा र सडक कर निःशुल्क हुनेछ भने हरेक हुन्डाई गाडी खरिदमा ६ वर्षसम्म निःशुल्क सर्भिस र तीन वर्षे वारेन्टी सुविधा रहेको कम्पनीले जनाएको छ ।