close

टाटा मोटर्सले ल्यायो हात खाली नजाने अफर

टाटा मोटर्सले ल्यायो हात खाली नजाने अफर

Trulli
ADVERTISEMENT

 

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यो वर्षको दसैँलाई लक्षित गर्दै हातै खाली नजाने अफर ल्याएको छ । 

 

योजनाअन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकले चार पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

 

टाटाको ट्रक, टिपर, बस, मिनीट्रक, मिनिटिपर, योद्धा, एस, विंगर, इन्ट्रा र म्याजिकलगायत गाडी खरिदमा ग्राहकले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टिभी, स्मार्ट फोन, फ्रिज, इएमआई, सर्भिस कुपन, क्यास ब्याकजस्ता आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

 

हरेक साताको लक्की ड्रमार्फत बुकिङ गर्ने ग्राहकमध्ये एक जनाले ४० इन्चको एमआई स्मार्ट टिभी पाउनेछन् । बम्पर लक्की ड्रमार्फत गाडी खरिद गरेकामध्ये ४३ जनाले थप उपहार प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।