close

राजविराजमा कृषि विश्वविद्यालय स्थापना गरिने 

राजविराजमा कृषि विश्वविद्यालय स्थापना गरिने 

Trulli
ADVERTISEMENT

राजविराज– प्रदेश नं २  सरकारले कृषि क्षेत्रको विकासका लागि  राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ  । प्रदेश सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापना सम्बन्धी बुँदा समावेश गरिँदै आइएको छ । 

 

आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले  सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी दिए ।  विश्वविद्यालय स्थापना गर्नको लागि तत्काल  २५ करोड जुटाउन प्रयास भइरहेको र यसका लागि छिट्टै पूर्वाधारको समेत व्यवस्थापन गरिने उनले बताए ।  उनले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएकोसमेत जानकारी दिए  ।

 

योजनामन्त्री साहले भने, ‘विश्वविद्यालय स्थापना लागि यसै महिनादेखि काम सुरुआत हुन्छ ।  यसका आवश्यक लागि रकम विनियोजन हुन्छ ।’ यस्तै प्रदेश सरकारले पर्साको वीरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालयसमेत तत्काल स्थापना गर्ने तयारी गरेको जनाइएको छ  । यसका लागि  २५ करोड बजेट छुट्याउने र काम चाँडै सुरु गर्ने मन्त्री साहले जानकारी दिए ।

 

यसैगरी चालु आर्थिक वर्षदेखि ‘एक निर्वाचन क्षेत्र पाँच किलोमिटर कालोपत्रे’ सडक निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने योजनासमेत रहेको जनाइएको छ ।