close

एक शिक्षण संस्था एक उद्यम कार्यक्रम : युवा परिषद्ले माग्यो प्रस्ताव

एक शिक्षण संस्था एक उद्यम कार्यक्रम : युवा परिषद्ले माग्यो प्रस्ताव

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रिय युवा परिषद्ले एक शिक्षण संस्था एक उद्यम कार्यक्रमका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ । प्राविधिक तथा व्यावसायिक धार÷शिक्षा सञ्चालित वा नमुना सामुदायिक विद्यालयले २३ असोजभित्र एक शिक्षण संस्था एक उद्यम कार्यक्रमका लागि प्रस्ताव पेस गर्न सक्नेछन् ।

 

राष्ट्रिय युवा परिषद्को स्वीकृत वार्षिक कार्यक्रमअनुसार एक शिक्षण संस्था एक उद्यम कार्यक्रम कार्यान्वयन कार्यढाँचा, २०७८ बमोजिम प्रस्ताव पेस गर्नुपर्नेछ ।

 

प्रस्ताव पेस गर्नेले उद्यम सञ्चालनका लागि स्थानीय तहको सिफारिस, विद्यालय व्यवस्थापन समितिको प्रतिबद्धतापत्र, उद्यमी विद्यार्थी क्लब गठन भएको निर्णयको प्रतिलिपि र उद्यम कोष स्थापना भएको प्रमाण, पूर्वविद्यार्थी मञ्च गठन भएको निर्णयको प्रतिलिपि बुझाउनुपर्नेछ ।

 

यस्तै, पदाधिकारीको विवरणका साथ पछिल्ला ३ शैक्षिक सत्रको शैक्षिक उपलब्धि विवरण र लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ । प्रस्ताव प्राविधिक तथा व्यावसायिक धार÷शिक्षा सञ्चालित वा नमुना विकासका लागि छनोट भएका सामुदायिक विद्यालयले मात्र पेस गर्न पाउनेछन् । कार्यान्वयन कार्यढाँचामा निर्धारित मूल्यांकनका आधारबमोजिम प्रत्येक प्रदेशबाट १/१ र संघबाट १ गरी ८ वटा विद्यालय छनोट गरिनेछ ।

 

छनोट भएका विद्यालयले बिउ पुँजीको रूपमा ७ लाख रुपैयाँ अनुदान पाउनेछन् । प्राविधिक तथा व्यावसायिक धार/शिक्षा लागू भएका सामुदायिक माध्यमिक विद्यालयलाई विशेष प्राथमिकता दिइनेसमेत परिषद्ले स्पष्ट पारेको छ । म्याद नाघी प्राप्त भएका प्रस्ताव स्वीकार गर्न नसकिने उसले भनेको छ । प्रस्ताव युवा परिषद्को इमेलमा पठाउन सकिने र कार्यक्रम कार्यान्वयन कार्यढाँचा, २०७८ परिषद्को वेबसाइटमा गई प्राप्त गर्न सकिनेछ ।