close

कटुञ्जे स्वास्थ्य चौकीलाई दाताको स्वास्थ्य सामग्री सहयोग 

कटुञ्जे स्वास्थ्य चौकीलाई दाताको स्वास्थ्य सामग्री सहयोग 

Trulli
ADVERTISEMENT

ओखलढुंगा– ओखलढुंगाको सुनकोसी गाउँपालिका वडा नं ९ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सेवा क्यानडा इन्टरनेसनल तथा सेवाका लागि युवा नेपालको सहयोगमा भिडियो एक्सरे मेसिन, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, अक्सिमिटरसहित करिब १५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

 

१ हजार घरधुरीलाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रवाह गर्दै आएको कटुञ्जे स्वास्थ्य चौकी गाउँपालिकाकै दुर्गम क्षेत्र ककनीका नागरिकलाई समेत सेवा दिँदै आएको छ ।स्वास्थ्य संस्थाबाट माग भएका सामग्री उपलब्ध गराएकामा दातालाई स्वास्थ्य चौकीले सम्मान गरेको छ ।  सुनकोसी वडा नम्बर ९ का वडाध्यक्ष तथा कटुञ्जे स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष झनककुमार कार्कीले दुर्गम गाउँमा स्वास्थ्य सामग्री उपलब्ध गराएर अत्याधुनिक सेवा दिन सहयोग गर्ने निकायलाई सम्मान गरिएको बताए ।