close

जुम्ला अस्पताललाई दाताको कोभिड स्वास्थ्य सामग्री

जुम्ला अस्पताललाई दाताको कोभिड स्वास्थ्य सामग्री

Trulli
ADVERTISEMENT

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ७ लाख २८ हजार ५९ रुपैयाँ बराबरको कोभिड–१९ प्रतिकार्यका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

 

कारितास जर्मनी, कारितास नेपाल र पेस नेपाल जुम्लाले जिल्ला कोभिड संकट व्यवस्थापन समिति जुम्लामार्फत अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । 


कोरोना संक्रमणको पहिलो र दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि माथिल्लो कर्णाली जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।


 
अक्सिजन सिलिन्डर २७ वटा, फेससिट ५ सय, सर्जिकल मास्क ६ हजार, ग्लोब्स १ सय पिस, पिपिई १ सय पिस, स्यानिटाइजर ५ सय मिलिमिटरको ५० वटा, भिटिएम किट १ सयलगायत ७ लाख २८ हजार ५९ रुपैयाँ बराबरको १० प्रकारका कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री प्रदान गरिएको पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले बताए ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंले भनिन्, ‘कोरोना महामारीको समय नागरिकको स्वास्थ्यलाई बचाउन स्वास्थ्य सामग्री सहयोगले भरथेग गर्नेछ । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुको विकल्प छैन । अनिवार्य मास्क, स्यानिटाइजर स्ता स्वास्थ्य सामग्री प्रयोग गर्नुपर्छ ।’ 

 

पछिल्लो समय कोरोना संक्रमण नभएजस्तो नागरिक बिनामास्क हिँडिरहेको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुखले बताए । तर, दिनप्रतिदिन संक्रमणका कारण मान्छे मरिरहेकाले सचेत हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।