close

चन्द्रागिरिमा असोज १ देखि विद्यालय खुलाइने

चन्द्रागिरिमा असोज १ देखि विद्यालय खुलाइने

Trulli
ADVERTISEMENT

काठमाडौ– चन्द्रागिरि नगरपालिकाले गत वैशाख दोस्रोदेखि महामारीका कारण  बन्द रहेका विद्यालय अगामी असोज १ गतेदेखि खुलाउने भएको छ । 

 

नगरप्रमुखस्तरीय बैठकले जनस्वास्थ्यको  मापदण्ड कायम गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर शिक्षा अधिकृत सुदर्शन रिजालले जानकारी दिए । १५ वडा रहेको सो नगरपालिकाभित्र निजी र सामुदायिक गरी ८० विद्यालय छन् । काठमाडौंको गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाले विद्यालय सञ्चालन गरिसकेका छन् ।