close

लुम्बिनीका पूर्वमुख्यमन्त्री पोखरेलसहित ४ जनाविरुद्ध अपहरण बन्धकमा किटानी जाहेरी

सभासद् ओलीले दिएको जाहेरीको अनुसन्धान दाङबाट हुँदै

लुम्बिनीका पूर्वमुख्यमन्त्री पोखरेलसहित ४ जनाविरुद्ध अपहरण बन्धकमा किटानी जाहेरी

सभासद् ओलीले दिएको जाहेरीको अनुसन्धान दाङबाट हुँदै

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेश सभासद् विमलाकुमारी खत्रीले पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छन् । पूर्वमुख्यमन्त्री पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी हुन् । सभासद् ओलीले १५ साउनदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकाले अपहरण तथा शरीर बन्धकसम्बन्धी कानुनअनुसार कारबाही माग गर्दै जाहेरी दिएकी छन् ।
उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई कारबाही माग गरेकी छन् । 

 

रूपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले वलीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाए पनि दाङमा दर्ता गराउन सुझाएको बताए । ‘हामीकहाँ आउनुभएको थियो । यसलाई दाङमै दर्ता गरेर अघि बढाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिएका हौँ’, उनले भने ।

 

वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको र उनले घटनाको सुरु भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिबद्धतासहितको पत्र दिएका छन् । 

 

‘हामी प्रदेश प्रहरी कार्यालय दाङसँग परामर्श गरी इलाका प्रहरी कार्यालय बुटवलमा मुद्दा दर्ता गर्न गएका थियौँ’, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भने, ‘उहाँले घटना सुरु भएकै स्थानमा दर्ता गरिदिन्छौँ भन्ने प्रतिबद्धतासहितको पत्र दिनुभएको छ ।’ दाङ प्रहरीले भने जाहेरी आफूकहाँ आइनपुगेको बताएको छ । दाङ प्रहरी प्रवक्ता सुरेश काफ्लेले दाङमा उजुरी आइनपुगेको बताए ।

 

वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरे पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाख रुपैयाँसम्म जरिमाना हुन सक्ने व्यवस्था मुलुकी अपराध संहिता, २०७४ ले व्यवस्था गरेको छ । वली तत्कालीन एमाले नेता तथा लुम्बिनी प्रदेशका सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनबाट विजयी सांसद हुन् । नेकपा माओवादी केन्द्र र एमालेबीच एकता भग भएपछि उनी कहिले माओवादी, कहिले एमालेमा बसाइँ सर्दै आएकी छन् । अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई सत्ताच्युत गर्न भूमिका निर्वाह गरेकी उनी हाल माओवादीमा छन् ।वलीविरुद्ध प्रदेशसभामा निवेदन दिएको एमालेले उनलाई पदमुक्त गर्न माग गर्दै सदन अवरुद्ध गरिरहेको छ ।