close

लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

Trulli
ADVERTISEMENT

रूपन्देही– ३० भदौ अर्थात् बुधबारका लागि बोलाइएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । एमाले अवरोधले बैठक बस्ने वातावरण नदेखिएपछि प्रदेशसभा सचिवालयमा सूचना टाँस गरी बैठक दोस्रो पटक स्थगित गरिएको हो ।

 

प्रदेशसभाको बैठक यही ३१ भदौ बिहीबार दिनको १ः०० बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । कारबाहीमा परेका २ सांसदलाई पदमुक्त भएको सूचना प्रकाशित नगरेको भन्दै प्रतिपक्षी एमालेले संसद् बैठक निरन्तर अवरोध गरिरहेको छ । यसअघि प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ ।