close

सैनामैनाका किसानले पाए सित्तैमा बिउ

सैनामैनाका किसानले पाए सित्तैमा बिउ

Trulli
ADVERTISEMENT

रूपन्देही/सैनामैना– रूपन्देहीको सैनामैना नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै मौसमअनुसारका बिउ वितरण गर्दै आएको छ । नगरको कृषि शाखाले किसानलाई निःशुल्क हिउँदे तरकारीको बिउ वितरण गरेको हो ।


बिउ वितरण गर्दै सैनामैना नगरप्रमुख चित्रबहादुर कार्कीले किसानलाई करेसाबारीमा तरकारी खेती गर्न सिकाएपछि आधुनिक र व्यावसायिक ढंगबाट कृषि क्षेत्रलाई अगाडि लैजाने नगरको दीर्घकालीन योजना रहेको बताए । ‘किसानको मागबमोजिम कृषि शाखाले बिउ वितरण गरिरहेको छ’, उनले भने, ‘बिउको उचित तरिकाले उपयोग गर्न सके कृषिमा आत्मनिर्भर बन्न सकिन्छ ।’ उपलब्ध बिउको सही सदुपयोग गर्दै अरूलाई पनि कृषिमा प्रोत्साहन गर्न सैनामैनाका उपप्रमुख बिना रानाले किसानलाई आग्रह गरिन् ।


 
करेसाबारीमा हरिया जातका तरकारी खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले यहाँका कृषक समूहलाई तरकारीको बिउ वितरण गरिएको शाखा प्रमुख सिर्जना खनाल सुवेदीले बताइन् । सैनामैनाका १६० कृषक समूह, १० वटा कृषि सहकारी र अन्य ५५ वटा कृषि फार्मलाई सिमी, बन्दागोभी, धनिया, टमाटर, मूला, रायको सागलगायत तरकारीको बिउ वितरण गरेको शाखा प्रमुख खनालले जानकारी दिइन् । सैनामैनाले किसानलाई विशेष ध्यान दिएर कार्यक्रम बनाएको सैनामैना मूल कृषक समूहका अध्यक्ष शेरबहादुर केसीले बताए ।