close

खर्च व्यवस्थापनमा समस्या आउनुमा सरकार जिम्मेवार :  एमाले

खर्च व्यवस्थापनमा समस्या आउनुमा सरकार जिम्मेवार :  एमाले

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा (एमाले) ले मुलुकमा बजेटको रिक्तता भई राज्यको खर्च व्यवस्थापनमा समस्या उत्पन्न हुनुमा सरकार जिम्मेवार भएको टिप्पणी गरेको छ । 

 

संवैधानिक र कानूनी व्यवस्थाअनुरूप बजेट अध्यादेशलाई संसद्मा प्रस्तुत गरी पारित नगरेर सरकारले अघिल्लो सरकारमाथि पूर्वाग्रह राखेकाले समस्या उत्पन्न भएको एमालेका महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा यस्तो अवस्था आउनुमा सभामुख र सरकारको व्यवहार भएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षको माग पूरा गरेर सदन चलाउन आग्रह गरिएको छ ।