close

घोराहीले बाँड्यो किसानलाई निःशुल्क तरकारी बिउ

घोराहीले बाँड्यो किसानलाई निःशुल्क तरकारी बिउ

Trulli
ADVERTISEMENT

दाङ– दाङका किसानलाई घोराही उपमहानगरको कृषि विकास शाखाले हिउँदे तरकारी बिउ वितरण गरेको छ । उपमहानगरभित्रका १९ वटै वडाका किसानलाई बन्दा, काउली, मूला, रायो, धनिया, चुकन्दर र प्याजको बिउ निःशुल्क वितरण गरिएको हो । किसानलाई खेतीपातीमा सजिलो बनाउन निःशुल्क वितरण गरिएको कृषि शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए । 

 

यसैगरी सोही शाखाले व्यावसायिक रूपमा खेती गर्न चाहने किसानलाई ६० प्रतिशत अनुदानमा प्याजको बिउ वितरण गरेको छ । १५० किलो वितरण गर्ने लक्ष्यअनुसार किसानको तथ्यांक संकलन गरी मागका आधारमा प्रतिकिसानलाई २० किलोसम्म वितरण गरिएको प्रमुख खनालले बताए ।

 

घोराही उपमहानगरले किसानको मागका आधारमा गत वर्ष ६० प्रतिशत अनुदानमा तोरी, गहुँ र मसुरो बिउ वितरण गरेको थियो । यो वर्ष गहुँको बिउ मात्र वितरण गर्ने कार्यक्रमअन्तर्गत किसानको माग संकलन गरेको कृषि शाखाले जानकारी दिएको छ ।