close

महालेखाले फुकायो रोक्का भएको चालू आवको बजेट निकासा 

महालेखाले फुकायो रोक्का भएको चालू आवको बजेट निकासा 

Trulli
ADVERTISEMENT

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले प्रतिस्थापन विधयेकका कारण २६ भदौसम्मका लागि बन्द भएको चालू आर्थिक वर्ष २०७८÷७९ को बजेट निकासा फुकुवा गरेको छ । 

 

महालेखाले देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाई कार्यालयलाई परिपत्र गर्दै प्रचलित कानुनअनुसार गर्ने गरी सबै प्रकारका भुक्तानी फुकुवा गरेको जनाएको हो । 

 

मलेनिकाका लेखा अधिकृत डिल्ली अधिकारीका अनुसार प्रतिस्थापन विधयेक तयार गर्ने सन्दर्भमा बजेट सूचना प्रणाली एलएमबीआईएसमा क्रियाकलाप प्रविष्ट गर्ने प्रयोजनका लागि गत २४ भदौमा गरिएको परिपत्रबाट सरकारको पेन्सन तथा तलबभत्ताबाहेक अन्य सम्पूर्ण सरकारी कार्यालयको भुक्तानी रोक्का गरिएकामा अब फुकुवा भएको छ ।

 

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत १५ जेठमा प्रस्तुत गरेको बजेटलाई प्रतिस्थापन गरी २५ भदौमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधयेकको रूपमा विनियोजन विधयेक पेस गरेका छन् ।

 

सोही प्रतिस्थापन विधयेकको रूपमा विनियोजन विधयेक पेस गर्ने कार्यका लागि मलेनिकाले २६ भदौसम्मका लागि सरकारको पेन्सन तथा तलभत्ताबाहेक अन्य सम्पूर्ण सरकारी कार्यालयको भुक्तानी रोक्का गर्नुपर्ने गरी मातहतका निकायलाई परिपत्र गरेको थियो ।