close

धनगढीको पटेलामा थारु सांस्कृतिक सङ्ग्रहालयको स्थापना 

धनगढीको पटेलामा थारु सांस्कृतिक सङ्ग्रहालयको स्थापना 

Trulli
ADVERTISEMENT

कैलाली– धनगढी उपमहानगरपालिका–७ पटेलामा थारु सांस्कृतिक सङ्ग्रहालयको शुक्रवार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । सो अवसरमा उपमहानगर प्रमुख नृपबहादुर वडले ९८ प्रतिशत थारु जातिको मात्रै बसोबास रहेको पटेला गाउँमा थारु सङ्ग्रहालय स्थापना हुनु आफैँमा गर्वको कुरा रहेको उल्लेख गरे ।

 

सङ्ग्रहालय हेर्न आउने वातावरण बनाउन आफूले सक्दो सहयोग गर्ने उनले बताए । उनले भने, ‘पटेला गाउँमा होमस्टे निर्माणका लागि पनि उपमहानगरपालिकाले पहल थाल्ने छ ।’ थारु कला संस्कृतिको जगेर्ना गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई थारु जातिबारे विभिन्न जानकारी दिन सङ्ग्रहालयबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।थारु जातिको विभिन्न रहनसहन, सांस्कृतिक झल्कने लुगाकपडा, पूराना गरगहनालगायत सामग्री सङ्ग्रहालयमा राखिएको बताइको छ ।