close

माधव नेपालले मुख्यमन्त्री बनाएको शाक्यको दाबी

माधव नेपालले मुख्यमन्त्री बनाएको शाक्यको दाबी

Trulli
ADVERTISEMENT

महोत्तरी– बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेरै सरकारको नेतृत्व गरेको बताएकी छन् । महोत्तरीमा पार्टी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारसँग कुरा गर्दै आफ्नो सरकार अहिले अल्पमतमा रहे पनि नेता नेपालका सांसदको सहयोगमा छिट्टै विश्वासको मत लिने उनले दाबी गरिन् ।

 

एमालेको आन्दोलनलाई मजबुत बनाउन नेता नेपालको महत्त्वपूर्ण योगदान रहेको बताउँदै संस्थापन पक्षमै फर्किन आग्रह गरिरहेको सुनाइन् । ‘मैले माधव कमरेडलाई पटक–पटक एमालेमै फर्किन आग्रह गरेकी छु । तर, उहाँले पाटी नै दर्ता गरिसक्नुभयो । यो उहाँको आफ्नै रणनीति होला’, उनले शाक्यले भनिन् ।

 

आफू सरकारमा जाँदा नेकपा एस दर्ता नभएको र अहिले बागमती प्रदेशमा १३ जना प्रदेशसभा सदस्य नेकपा एसतर्फ गएर नै अल्पमतमा परेको मुख्यमन्त्री शाक्यको जिकिर छ । नेता नेपालले नयाँ पार्टी खोलेपछि एमाले कमजोर हुने हुँदा पार्टीको योगदानलाई बचाइराख्न नेता/कार्यकर्तालाई उनले आग्रह गरिन् ।आफ्नो सरकारको आयु लामो नभए पनि जनताको पक्षमा काम गरेर देखाउने प्रतिबद्धता उनले जनाइन् ।

 

महोत्तरीमा पनि पार्टीभित्र विवाद रहेकाले जिल्ला कमिटीका पदाधिकारीले सपथसमेत नलिएको भन्दै स्थानीय नेता÷ कार्यकर्ताले मुख्यमन्त्री शाक्यलाई ध्यानाकर्षण गराएका थिए ।