close

नवीकरण नगर्नेको सासु भत्ता रोक्दै आठराई त्रिवेणी

नवीकरण नगर्नेको सासु भत्ता रोक्दै आठराई त्रिवेणी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आफू बसेको वडा कार्यालयमा स्वयं उपस्थित हुन लाभग्राहीलाई अनुरोध गरेको छ ।  गाउँ कार्यपालिकाले १० असोजभित्र लाभग्राहीले आफू बसेको वडा कार्यालयमा स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता नवीकरण फारम भरी बुझाइसक्नुपर्नेछ ।


पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केदारनाथ प्रसाईंका अनुसार तोकिएको मितिमा फारम भरेर बुझाई नसक्ने लाभग्राहीको सामाजिक सुरक्षा भत्ता उपलब्ध हुने छैन ।  गाउँपालिकाले बैंक खाता खोल्न बाँकी रहेका लाभग्राहीले पालिकाको केन्द्रस्थित राष्ट्रिय वाणिज्य बैंकको हाङपाङ शाखामा स्वयं उपस्थित भइ १० असोजभित्रै बैंक खाता खोल्न सूचित गरेको छ । 


लाभग्राहीले नागरिकता र जन्मदर्ताको प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, लाभग्राही परिचयपत्रको फोटोकपी, विधवाको हकमा श्रीमान्को मृत्यु दर्ता एवं एकल महिलाको हकमा वडाबाट एकल महिला प्रमाणित गरेको कागजको प्रतिलिपि र अपांगता भएका लाभग्राहीको हकमा अपांगता परिचयपत्रको प्रतिलिपि संलग्न राख्नुपर्नेछ ।  तर, अपांगता परिचयपत्र भने अनिवार्य रूपमा स्थानीय तहले नै प्रदान गरेको हुनुपर्ने र नभएकाले स्थानीय तहबाट लिनुपर्ने सर्त गाउँपालिकाले राखेको छ ।