close

बूढानीलकण्ठ नगरपालिकाले सविधान दिवस  सरसफाइ कार्यक्रम गरी मनाउने 

बूढानीलकण्ठ नगरपालिकाले सविधान दिवस  सरसफाइ कार्यक्रम गरी मनाउने 

Trulli
ADVERTISEMENT

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकाले सविधान दिवस सरसफाइ कार्यक्रम गरी मनाउने भएको छ । नगरस्तरीय समितिको बैठकले सङ्घीय गणतान्त्रिक नेपालको सातौँ सविधान दिवसका अवसरमा असोज ३ गते बिहान ७ देखि ९ बजेसम्म कम्तीमा दुई घण्टा भौतिक दूरी कायम गरी सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

प्रत्येक नगरवासी आ–आफ्नो घर, पसल, प्रतिष्ठानको कम्तीमा ५० मिटर वरपर व्यक्तिगत÷सामूहिक÷संस्थागत योजनासहित अनिवार्यरूपमा नगरपालिकाको बृहत सरसफाइ अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको नगरप्रमुख उद्घवप्रसाद खरेलले बताए ।

 

नगरपालिकाले  प्रत्येक नगरवासीलाई (अशक्त, बालबालिका र वृद्धबाहेक) उक्त समयमा कुनै कार्यक्रम नराखी आ–आफ्नो योजनासहित नगर  सरसफाइ अभियानमा सहभागी हुन अनुरोध गरेको छ ।