close

पालिका खबरकर्मी अधिकारीलाई जनसेवाश्री पदक

पालिका खबरकर्मी अधिकारीलाई जनसेवाश्री पदक

Trulli
ADVERTISEMENT

काठमाडौं– पालिका खबरका ताप्लेजुङ सहकर्मी खगेन्द्र अधिकारीलाई सरकारले जनसेवाश्री पदक प्रदान गर्ने भएको छ । संविधान दिवस अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई प्रदान गरिने यो पदकबाट अधिकारी सम्मानित हुन लागेका हुन् । 


सरकारले आइतबार घोषणा गरेका अधिकारीसहित पदक पाउने देशभरका ९ सय ३ जनालाई आउँदो १ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्नेछन् ।दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील अधिकारी नेपाल पत्रकार महासंघ ताप्लेजुङको पूर्वअध्यक्षसमेत हुन् ।