close

लुम्बिनीको धरोहरलाई उचो बनाउँछौँ : मुख्यमन्त्री केसी

लुम्बिनीको धरोहरलाई उचो बनाउँछौँ : मुख्यमन्त्री केसी

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशभित्रै रहेको लुम्बिनी क्षेत्र र गौतम बुद्ध विश्वकै ऐतिहासिक, सांस्कृतिक धरोहर भएकाले गौरवको आयोजनामा राखेर प्राथमिकता दिएको बताएका छन् ।

 

लुम्बिनी विकास कोषले शनिबार लुम्बिनीमा आयोजना गरेको अन्तरक्रियामा मुख्यमन्त्री केसीले नेपाललाई चिनाउन लुम्बिनी महत्त्वपूर्ण सम्पत्ति भएको बताए ।
प्रदेशको नामकरण नै लुम्बिनीबाट राखिएकाले प्रदेश सरकारले यस क्षेत्रमा सुविधायुक्त बर्थिङ सेन्टर खोल्ने तयारी गरेको जानकारी दिए ।

 

मुख्यमन्त्रीले केसीले सरकारले लुम्बिनीलाई प्रदेशकै सांस्कृतिक सहर निर्माण गर्ने, बुटवललाई औद्योगिक क्षेत्र बनाउने र प्रदेशका नागरिकलाई पायक पर्ने राप्ती उपत्यकामा प्रदेशको राजधानी निर्माण गरेकोसमेत बताए । 

 

लुम्बिनीमा विश्वले देख्न सक्ने अशोक स्तम्भ निर्माण गर्ने, बुद्धका जन्मदेखि मृत्युसम्मको सम्झना झल्किने गरी बुद्ध पार्क निर्माण गर्ने योजना सरकारले बनाएको उनको भनाइ छ । लुम्बिनी क्षेत्रमा पर्यटक आकर्षित गर्न सांस्कृतिक एवं ऐतिहासिक सम्पत्तिलाई संरक्षण गर्दै आधुनिक सूचना प्रविधिलाई जोड्न कोषका पदाधिकारीलाई आग्रह गरे ।

 

लुम्बिनी क्षेत्रका धरोहर गौतमबुद्ध, माया देवीलगायतबारे डिजिटल बोर्ड निर्माण गरी सूचनालाई प्रविधिबाट सबै पर्यटकलाई जानकारी गराउन कोषलाई निर्देशन दिए । कार्यक्रममा मुख्यमन्त्री केसीले लुम्बिनी क्षेत्रको उत्तरमा आम्रपाली आँपको बिरुवासमेत रोपे । प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले लुम्बिनी क्षेत्र विश्व सम्पदामा रहेको शान्तिको उर्बर भूमि भएको बताए । लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।