close

मेरिङ्देनले मनायो संविधान दिवस

मेरिङ्देनले मनायो संविधान दिवस

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले पालिका अध्यक्षलाई प्रमुख अतिथि बनाएर संविधान दिवस मनाएको छ ।

 

सिरिजंगा अध्यक्ष टीकाराम गुरुङ सहभागी कार्यक्रममा पालिकाको केन्द्र सुुलुम्फीमा संविधान दिवस मनाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङ्देम्बेले जानकारी दिए । 

 

पालिकाले संविधान दिवसका दिन विभिन्न कार्यक्रम तय गरेको छ । यसअघि तय गरेका कार्यक्रमलाई निरन्तरता दिँदै पालिकाले संविधान दिवस मनाएको उनले बताए ।

 

कार्यक्रममा मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बू, उपाध्यक्ष कल्पना तुम्बाहाम्फे, वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्यसहित स्थानीय राजनीतिक दलका अगुवाको उपस्थिति थियो ।

 

पालिकाले कार्यपालिका कार्यालयसहितका निकायमा शनिवारबाटै झकिझकाउ बनाउने र साँझ दीप प्रज्ज्वलन गरिने गाउँपालिका प्रवक्ता सूर्यमान बराइलीले बताए ।