close

मातृ मृत्युदर र असुरक्षित गर्भपतन रोक्न सकिए मात्र सफलता 

आठौँ राष्ट्रिय परिवार नियोजन दिवस

मातृ मृत्युदर र असुरक्षित गर्भपतन रोक्न सकिए मात्र सफलता 

आठौँ राष्ट्रिय परिवार नियोजन दिवस

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले आठौँ राष्ट्रिय परिवार नियोजन दिवस मनाइएको छ । ‘कोभिड–१९ महामारी ः परिवार योजना सेवामा सबैको पहुँच बराबरी’ नारासहित शनिबार बुटवलमा कार्यक्रम आयोजना गरिएको हो ।

 

प्रदेश सरकारले परिवार नियोजन सम्बन्धमा विद्यालय तह, विभिन्न स्वास्थ्य संस्थामार्फत काम गर्दै आएको निर्देशक विनोद गिरीले बताए । परिवार नियोजनले परिवारलाई व्यवस्थित बनाउने हुँदा यसबारे पत्रकारिता क्षेत्रले नागरिकलाई सचेत पार्नुपर्नेमा उनले जोड दिए । परिवार नियोजनविद् डा. राजेन्द्र गुरुङले परिवार नियोजन कार्यक्रमलाई सफल बनाउन अस्थायी वा स्थायी दुवै तरिका अपनाउन सकिने बताए । 

 

समाजमा अझै पनि परिवार योजना व्यवस्थित हुन नसकेको बताउँदै नेपालमा बच्चा भएपछि मात्रै यसको प्रयोग गर्ने र केही समयपछि पुनः छाड्ने प्रचलन देखा परेको उनको बुझाइ छ । नेपालमा अस्थायी परिवार नियोजनका साधनका रूपमा पिल्स, डिपो प्रोभेरा, इप्लान्ट, आइसियुडी र आकस्मिक गर्भनिरोधक प्रयोगमा छन् । यसका अलावा स्थायी बन्ध्याकरणसमेत गरिँदै आएको छ । तर, तराईका जिल्लामा भने परिवार नियोजनका सन्दर्भममा केही भ्रम रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका कौशल कुमार भण्डारीले बताए ।

 

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोख्रेलले परिवार नियोजनका सन्दर्भमा प्रदेश सरकार र निर्देशनालयले पत्रकार क्षमता अभिवृद्धिका कार्यक्रम गर्न सुझाए । परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदर, असुरक्षित गर्भपतनलाई नियन्त्रण गर्न सकिनेमा सहभागीले जोड दिए ।