close

संविधान सही लिकमा हिँडेको मुख्यमन्त्री केसीको दाबी

संविधान सही लिकमा हिँडेको मुख्यमन्त्री केसीको दाबी

Trulli
ADVERTISEMENT

रूपन्देही–लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान पालनमा केही चुनौती आए पनि राष्ट्र सही बाटोमा हिँडिरहेको बताएका छन् । प्रदेश मुकाम बुटवलमा आइतबार आयोजित संविधान दिवस २०७८ को मूल समारोहलाई सम्बोधन गर्दै केसीले संविधानको पूर्ण पालना र संरक्षणका लागि सबै पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिए ।

 

संविधान गतिशील दस्तावेज भएकाले यसलाई अझै समृद्ध बनाउँदै लैजान सकिने उनको भनाइ छ । ‘संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था ल्याउन जनताको बलिदानीपूर्ण संघर्षलाई संस्थागत गरेको छ,’ उनले भने, ‘आफ्ना अधिकारलाई संस्थागत गरेको दिनलाई सबैले गौरव ठान्नुपर्छ ।’

 

सो अवसरमा प्रदेश प्रमुख अमिक शेरचन, सभामुख पूर्णबहादुर घर्ती मगर, उपसभामुख कृष्णी थारु, पर्यटन तथा सहकारी विकासमन्त्री डिल्ली चौधरीलगायत उपस्थित थिए ।