close

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

Trulli
ADVERTISEMENT


नेपाल स्टक एक्सचेन्जको कारोबार प्रणालीमा आएको समस्याका कारण थपिएको समयमा समेत कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

११ बजे कारोबार खुलेदेखि नै प्रणालीमा समस्या देखिएको थियो । लगानीकर्ताले सेयर खरिद तथा बिक्रीका लागि कुनै अर्डर गर्न नपाएको तथा धितोपत्र दलाल कम्पनीसँगको सम्पर्क सञ्जालमा समस्या आएको थियो । 

कारोबार समय ३ बजेसम्म रहे पनि समस्या समाधानपछि नेप्सेले समय थप गरी ५ बजेसम्म पु-याएको थियो । सो अवधिका कारोबार मापक नेप्सेमा दोहोरो अंक अर्थात् १२.४९ ले वृद्धि भई १ हजार ५२०.६९ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक १.७१ ले वृद्धि भई ३०१.३८ मा पुगेको छ । कुल १ सय ८९ कम्पनीको ४२ लाख ६२ हजार ६ सय ९८ कित्ता सेयर २ अर्ब १७ करोड ६८ हजार २ सय ८३ मूल्यमा खरिद बिक्री भए । 

कारोबार भएका कुल १२ उपसमूहमध्ये बिहीबार तीन उपसमूहको सेयर ओरालो लाग्दा ९ उपसमूहको सेयर भने वृद्धि भएको छ । 

व्यापार ३०.२१, होटल १.१३ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरालो लागे । यस्तै, बैंकिङ ३.८३, विकास बैंक १५.७, जलविद्युत् २.३१, वित्त २.२४, निर्जीवन बिमा ३०२.०२, उत्पादन ३३.२२, अन्य ०.३९, लघुवित्त ३३.७३ र जीवन बीमा २०४.५३ ले वृद्धि भएको छ ।

नेप्सेका अनुसार आज पनि कारोबारका आधारमा नेपाल पुनर्बिमा कम्पनी नै शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता ८ सय ९५ रुपैयाँमा १७ करोड २१ लाख ७२ हजार ११६ को कारोबार भई सो कम्पनी शीर्ष स्थानमा रह्यो ।

यस्तै, नागरिक लगानी कोष ९ करोड २३ लाख २४ हजार ६ सय ८७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ९ करोड १ लाख ३१ हजार ९ सय ४६, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी ८ करोड ५९ लाख ५७ हजार १ सय ३३, एभरेष्ट इन्स्योरेन्स कम्पनी ८ करोड ४३ लाख ९१ हजार ३ सय ४ र शिवम् सिमेन्ट ७ करोड ९ लाख ८६ हजार १ सय ३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

यस्तै, राष्ट्रिय बिमा कम्पनी र सोही कम्पनीका संस्थापक लगानीकर्ताले समान रुपमा ९.९९ प्रतिशतले कमाउँदा रिलायन्स लाइफ इन्स्योरेन्स ९.८९, एनआरएन इन्फ्रास्ट्रक्चर ९.८९, एनआरएन लघुवित्त ९.१४, एभरेष्ट इन्स्योरेन्स कम्पनी ८.१३ र नेपाल फाइनान्स कम्पनीका लगानकीर्ताले ७.५६ प्रतिशतले कमाए । 

यस्तै, नबिल इक्विटी फन्ड ५.६४, आशा लघुवित्त ४.१३, साल्ट ट्रेडिङ कर्पोरेसन ३.५८, युनियन हाइड्रोपावर २.९४ र मल्टीपर्पस फिनान्स कम्पनीका लगानीकर्ताले २.७० प्रतिशतले गुमाए ।