close

सबै नागरिकलाई खुसी पार्न सकिँदैन

सबै नागरिकलाई खुसी पार्न सकिँदैन

Trulli
ADVERTISEMENT

काभ्रेको पाँचखाल नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधारलाई प्राथमिकतामा राखेर विकास निर्माणका योजना अगाडि बढाइरहेको छ । नगर उपप्रमुख लक्ष्मी दनुवारसँग पालिकाको बजेट र यसको कार्यान्वयन, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा गरेको प्रगतिलगायत विषयमा गरिएको कुराकानी :



तपाईंहरूले ल्याएको बजेटले कस्ता योजनालाई सार्थक बनाउने अपेक्षा गर्नुभएको छ ?

 

हामीले यसपालि २०७७/७८ को बजेट ल्यायौँ । विशेषगरी हामीले ‘पाँचखाल सहर, कृषि नगर’ नारालाई सार्थक बनाउने योजना बनाएका छौँ । कृषकको उत्पादनलाई बजारीकरण गर्ने योजना बनाएका छौँ । शिक्षा, स्वास्थ्य, पूर्वाधार क्षेत्रमा पनि हामीले थुप्रै बजेट राखेका छौँ । 

 

सामाजिक विकासतर्फ यसपटक थुप्रै योजना बजेटमार्फत अघि सारिए पनि विनियोजित बजेट न्यून छ । त्यसका लागि तपाईंहरूले केही तयारी गर्नुभएको छ ?

 

हाम्रो सामाजिक विकासलाई हेर्दा बजेट लगभग ६० लाख विनियोजन गरेका छौँ । समावेशी, महिलालाई सीपमूलक कार्यक्रम, ज्येष्ठ नागरिक, एकल महिला, पछाडि परेको वर्गलाई सहयोग गर्ने गरी अघि बढेका छौँ । 

 

तपाईंको पालिकामा चार वर्षको अवधिमा न्याय सम्पादनको अवस्था र कस्ता उजुरी आउँछन् न्यायिक समितिमा ?


चार वर्षको अनुभव हेर्दा विशेषगरी साँध सिमानाका विवाद, घरेलु हिंसा, खान, लगाउन नदिएका, ज्येष्ठ नागरिकका विषयमा धेरै उजुरी परेका छन् । 

 

कार्यकालको उतराद्र्धमा हुनुहुन्छ । यसबीचमा भएका कामबाट नागरिक सन्तुष्ट छन् जस्तो लाग्छ ?


विभिन्न समस्या थिए । हामी आएपछि पहिलेको समस्यालाई समाधान गर्ने प्रयत्न गर्‍यौँ  । सक्ने सहयोग, पहल र्‍यौँ । अनुगमनका कार्यक्रम अघि बढायौँ । जति काम भएको छ, त्यसको प्राविधिक मूल्यांकन गरेर भुक्तानी दिने गरेका छौँ । सोही कारण थोरै भए पनि विकास निर्माण भएका छन् । नागरिकका तर्फबाट पनि सुखद प्रतिक्रिया आएको छ । जहाँसम्म हामीले सबैलाई सन्तुष्ट बनाउन सकेका छैनौँ । राजनीतिक पृष्ठभूमिबाट आएकाले पनि होला, सबै सन्तुष्ट हुँदैनन् । तर, हामीले प्रयत्न र्‍यौँ । एउटा खोट लगाएर भए पनि बेखुसी हुने काम जहाँ पनि हुन्छ । तर, हामीले गरिरहेका छौँ । सायद नागरिक पनि खुसी नै छन् । 

 

अन्त्यमा, दल विभाजनले  स्थानीय तहमा यसले कस्तो प्रभाव पर्ला ?


त्यस्तो प्रभाव पर्ने अवस्था रहँदैन । सबै जनप्रतिनिधि दल नभनी नागरिकको चाहना पूरा गर्न लागिपरेका छौँ । त्यसले पनि होला, असर गरेको पाइँदैन ।