close

जनप्रतिनिधिले लगाएको ताला खुल्दा जनता खुसी भइदिनुपर्ने !

जनताका दुःख: धनौजीको ताला खुल्यो

जनप्रतिनिधिले लगाएको ताला खुल्दा जनता खुसी भइदिनुपर्ने !

जनताका दुःख: धनौजीको ताला खुल्यो

Trulli
ADVERTISEMENT

धनुषा- धनुषाको धनौजी गाउँपालिकामा लागेको ताला अध्यक्ष बद्री सिंहको पहलमा खुलेको छ । पालिकाका उपाध्यक्ष र वडा अध्यक्षले गएको एक महिनादेखि लगाएको ताल्चाको कारण सेवाग्राहीले सास्ती भोगिरहनुपरेको थियो ।


अध्यक्ष सिंहसँग असन्तुष्ट धनौजी गाउँपालिकाकी उपाध्यक्ष रामवतीदेवी मण्डल र केही वडा अध्यक्षहरूले पालिकाको मुख्य प्रवेशद्वारमै ताला लगाएपछि कार्यालयको कामकाज प्रभावित भएको थियो ।

 

पालिका गठन भएको तीन बवर्षको अवधिमा छ जना प्रमुख प्रशासकीय अधिकृत फेरिनुमा पालिका अध्यक्ष दोषी रहेको आरोप लगाउँदै ताला लागेको थियो । हाल धनौजी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत कन्हैयाकुमार मिश्र भने हाजिर भइसकेका छन् । 


कार्यालयमा लगाइएको ताला खुलाउन पटकपटक छलफल भए पनि सहमति हुन नसक्दा तालाबन्दी यथावत थियो । २५ असोजमा भएको छलफलमा तालाबन्दी खोल्ने निर्णय भएको र सोहीअनुरूप ताला खोलिएको पालिकाखबरलाई अध्यक्ष सिंहले जानकारी दिए । 

 

ताला खुलेपछि सेवा पाइने आशाले पालिकावासी खुसी भएका छन् ।