close

शव दाह मेसिन खरिद गर्दै जनकपुरधाम उपमहानगर

शव दाह मेसिन खरिद गर्दै जनकपुरधाम उपमहानगर

Trulli
ADVERTISEMENT

धनुषा– जनकपुरमा शव दाह गर्न इलेक्ट्रिक मेसिन खरिद गर्ने जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकले निर्णय गरेको छ ।


आइतबार बसेको बोर्डको बैठकले सर्वसम्मतिबाट दाहसंस्कार गर्न मेसिन खरिद गर्ने निर्णय भएको बोर्ड सदस्य वडा– ७ का अध्यक्ष जानकीराम साहले जानकारी दिए ।


दाह संस्कारका लागि मेसिन कहिले खरिद गर्ने भन्नेबारे बैठकले स्पष्ट नपारे पनि ठाउँको पहिचान गरेर यथाशीघ्र खरिद प्रक्रियामा जाने निर्णय गरेको कार्यकारी प्रमुखसमेतको अख्तियारी पाएकी उपप्रमुख रीता मिश्रले बताइन् ।


झन्डै चार महिनापछि बसेको पालिकाको बोर्ड बैठकमा विजयादशमीमा बिजुली बत्ती लगाउने, दलित छात्रावास, क्वारेन्टाइनमा खटेको भत्ता र तलब सम्बन्धमा, पालिकाभित्र विभिन्न वडाका लागि योजना सम्बन्धमा, ल्याण्डफिल साइटलगायत विषयमा बैठकमा छलफल भएको बोर्ड सदस्य वडा– ९ का अध्यक्ष परमेश्वर साहले बताए ।