close

सनराइज बैंकको अगुवाइमा लाङटाङ खोला जलविद्युत् आयोजनामा लगानी

सनराइज बैंकको अगुवाइमा लाङटाङ खोला जलविद्युत् आयोजनामा लगानी

Trulli
ADVERTISEMENT

काठमाडौं– सन्राइज बैंकले रसुवाको स्याफ्रुबेंसीमा रहेको लाङटाङ खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता भएको छ । उक्त आयोजनामा सन्राइज बैंकको अगुवाइमा सिद्घार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा करिब ३ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको हो । 


प्रवद्र्घक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ । कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्य स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालका अध्यक्ष हुन् । 


२० मेगावाट क्षमताको यो आयोजनाको लागत ३ अर्ब ६४ करोड रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले यो आयोजना निर्माण ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । 


आयोजना निर्माण सम्पन्न भएपछि उत्पादित विद्युत् चिलिमे हब सब–स्टेसनमा जोडिनेछ । यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ । कम्पनीका अनुसार आयोजनाबाट वार्षिक  १३३.३० गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ, जसमा सुक्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घन्टा हुनेछ । 


यसअघि यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन एन्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो ।
तर, कोरोना महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरवलोकनपछि हाल बीओक्यु (बिल अफ क्वान्टिटी) मोडलमा परियोजना निर्माण नेपाली ठेकेदारमार्फत सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ ।