close

झापामा कोरोना संक्रमित बढेपछि स्थानीय तह बन्द

झापामा कोरोना संक्रमित बढेपछि स्थानीय तह बन्द

Trulli
ADVERTISEMENT

झापा- जिल्लामा कोरोना संक्रमतिको संख्या बढेपछि विभिन्न स्थानीय तहले नागरिकलाई प्रवाह गर्ने सेवा बन्द गरेका छन् । झापाको दमक र भद्रपुर नगरपालिकाले  अत्यावश्यकबाहेकाका सेवा तीन दिनका लागि बन्द गरिएको जनाएका छन् ।

 

नगर क्षेत्रमा कोरोना संक्रमण फैलिने क्रम बढेसँगै ती नगरपालिकाले सूचना निकालेर तीन दिन कार्यालयका सम्पूर्ण सेवा बन्द गरिएको जनाएका हुन् ।

 

२० असोजदेखि सेवा बन्द गरेको दमक नगरपालिकाले पनि २७ असोजसम्म अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरेको नगरप्रमुख रोमनाथ ओलीले बताए ।

 

नगरबाट हुने अत्यावश्यक र स्वास्थ्य सेवालगायतका सिफारिस भने जारी रहने उनको भनाइ छ । दमकका १० वटै वडा कार्यालय बन्द गरिएको उनले जानकारी दिए ।

 

भद्रपुर नगरपालिका कार्यालय र ११ वटै वडा पनि बन्द गरिएको छ । असोज २१ देखि २३ सम्म सेवा बन्द गरेको भद्रपुर नगरपालिकाले दोस्रो पटक सूचना निकालेर असोज २७ सम्म पुर्‍याएको छ ।

 

नगरपालिकाले पनि अत्यावश्यक र स्वास्थ्य सेवाबाहेक विषयगत कार्यालयबाट प्रदान गरिँदै आएका सबै सेवा बन्द गरेको छ ।

 

बिर्तामोड नगरपालिकाको वडा-७, ८ र ९ ३ दिनका लागि बन्द गरिएको छ । ८ र ९ मा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको भन्दै ३ वटै कार्यालयबाट हुने कामकाज तीन दिनलाई बन्द गरिएको वडा- ७ कि कार्यवाहक अध्यक्ष चन्द्रकला पक्वालले जानकारी दिइन् ।

 

वडा- ८ र ९ का केही व्यक्तिमा कोरोना संक्रमण देखिएको र उनका आफन्तको सम्पर्क जनप्रतिनिधि, वडा कर्मचारी र अन्य समुदायका व्यक्तिसँग भएको बुझिएकाले कन्ट्रयाक ट्रेसिङको सहज बनाउन कार्यालय बन्द गरिएको उनले बताइन् ।

 

वडामा राष्ट्रिय कार्यक्रमका रूपमा राष्ट्रिय परिचयपत्र वितरण भइरहेकाले भीडभाड बढिरहेको छ । उक्त कार्यक्रममा हुने भीडले संक्रमणलाई अझ बढाउन सक्ने आशंकाम कार्यालय बन्द गरिएको विज्ञप्तिमार्फत तीनवटै कार्यालयले जनाएका छन् ।