close

बर्दघाटका प्रमुख बस्याल कोरोना संक्रमित 

बर्दघाटका प्रमुख बस्याल कोरोना संक्रमित 

Trulli
ADVERTISEMENT

नवलपरासी– बर्दघाट नगरापालिकाका नगर प्रमुख धीरज शर्मा बस्याललाई कोरोेना संक्रमण पुष्टि भएको छ ।  उनले नेशनल ल्याब बुटवलमा सोमवार कोरोना परिक्षण गराएका थिए । 

 

लगातार रुघा खोकी र ज्वरो आएपछि पिसिआर परिक्षण गरिएको र परिक्षणमा कोरोना पोजिटिभ देखिएको नगर प्रमुख बस्यालले बताए ।  बस्यालले कोरोना संक्रमणबाट बच्न नगरवासीलाई आग्रह समेत गरे । 

 

साथै आफूसँग  प्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई कोरोनाको लक्षणहरु देखिएमा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगर प्रमुख बस्यालले अनुरोध गरे । संक्रमित प्रमुख बस्याल अहिले  होम आइसोलेशनमा छन् । अवस्था भने सामान्य रहेको छ  ।