close

तिमी मुस्कुराउँदा गीतको भिडियो

तिमी मुस्कुराउँदा गीतको भिडियो

Trulli
ADVERTISEMENT

काठमाडौं– मोडल तथा कलाकार गरिमा शर्माको सुन्दरता झल्कने अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । संगम थपलियाको स्वरमा रहेको गीत तिमी मुस्कुराउँदाको म्युजिक भिडियोमा गरिमाको सुन्दरता अझ झल्किएको छ । भिडियोमा सुरज थपलिया र गरिमाबीच मायाप्रेमको रोमान्स देखाइएको छ । 

 

कामका सिलसिलामा कुलेखानीमा पुगेका सुरजले गरिमालाई देखेपछि मन पराएको र त्यसपछिका मायाप्रेमका घटनाक्रम भिडियोमा देख्न सकिन्छ । कुलेखानीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोको निर्देशन रमेश थापाले गरेका हुन् । गरिमा र सुरजका साथमा गायक संगमलाई पनि भिडियोमा फिचरिङ गरिएको छ । संगम थपलियाको यो पहिलो रेकर्डेड गीत हो । 

 

तिमी मुस्कुराउँदा बोलको गीतमा शब्द र संगीत किशोर विश्वकर्माको छ । गीतमा संगीत संयोजन सञ्जीव बराइलीको छ । अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ प्रकाश मिश्रले गरेका हुन् । उत्सव दाहालले खिचेको भिडियोको सम्पादन नहकुल खड्काले गरेका छन् । सीता राईले कोरियोग्राफी गरेको यो म्युजिक भिडियोमा मनोरञ्जन श्रेष्ठको कलर संयोजन छ ।

 

चन्द्र विनायक फिल्मस् प्रोडक्सनमा भिडियोको पोस्ट प्रोडक्सनको काम गरिएका हो । शिवराम थपलिया गीतको निर्माता हुन् । गीत ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमा रिलिज गरिएको छ ।