close

नगरको पूर्वतयारीले धेरै संक्रमित हुनबाट जोगिए

नगरको पूर्वतयारीले धेरै संक्रमित हुनबाट जोगिए

Trulli
ADVERTISEMENT

निम फुन्जो शेर्पा,  नगरप्रमुख
बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोक

 

गत वर्ष बाह्रबिसे नगरपालिका वडा नम्बर ९ मा पहिलो पटक कोरोना संक्रमित भेटिँदा नगरबासी आत्तिए । त्यसबेला कसैलाई पनि कोभिडको खासै अनुभव थिएन । तर, नगरपालिकाले आफ्नो तयारी भने गरेको थियो । नगरले पहिलो लहरमै ८५ जनासम्म राख्ने क्वारेन्टाइन बनाएको थियो । संक्रमितलाई त्यही लगेर राख्यौँ । संक्रमितको रेखदेखमा स्वास्थ्य चौकीका कर्मचारी खटाइएको थियो । तर, भयानक अवस्था त्यतिबेला आयो, जतिबेला काठमाडौंलगायतका सहरबाट धेरै मानिस फर्किए । त्यसबेला एकै पटक धेरै मानिसको परीक्षण र व्यवस्थापन गर्न समस्या भयो । ‘हामीलाई सहरबाट एकै पटक धेरै मासिन आउँदा संक्रमण फैलन्छ भन्ने ठूलो त्रास भयो,’ उनले भने, ‘सबैलाई क्वारेन्टाइनमा राख्यौँ  । संक्रमित नभएको निश्चित भएपछि मात्रै घर फर्कायौँ ।’ टोलमा पनि वडाका प्रतिनिधि राखेर शंका लागेका मानिसको जानकारी लिँदै परीक्षण गरियो । 


दोस्रो लहरमा बाह्रबिसे तयारी अवस्थामा थियो । पहिलेका आइसोलेसन यथावत थिए । संघीय निर्देशनमा होमआइसोलेन भएकाले सहज हुने संक्रमित त्यसरी पनि बसे । तर, स्वास्थ्यमा धेरै समस्या हुनेहरूका लागि नगरकै एम्बुलेन्समा राखेर थप उपचारका लागि बाहिरसम्म पठाइयो ।


नगरको तयारी र व्यवस्थापन राम्रो भएकाले दोस्रो लहरमा धेरै संक्रमित भएनन् । ‘हामीले दोस्रो लहरमा तयारी अवस्थामै थियौँ,’ उनले भने, ‘सिन्धुपाल्चोकमा अक्सिजन व्यवस्था गर्ने पहिलो नगर थियौँ  । हाम्रो तयारीले धेरै संक्रमित हुन पाएनन् ।’


संघ र प्रदेशले स्वास्थ्य सामग्री पठाउनेबाहेक ठूलो सहयोग गरेनन् । स्थानीय सरकारलाई संघले चित्तबुभ्mदो बजेट नपठाएको उनले बताए । ‘संघको बजेट खास चित्तबुबुझ्दो  छैन्,’ उनले भने, ‘हामीलाई बजेट नदिएर जिम्मेवारीको बोझ मात्रै बोकाउने काम भएको छ ।’ संघले कर्मचारी र शिक्षकको तलब बढाएर बजेट नपठाउँदा हामीले नै जिम्मेवारी लिनुपरेको छ । 


चार वर्षमा नगरमा स्वास्थ्य र शिक्षाका क्षेत्रमा धेरै काम भएका छन् । अहिले बाह्रबिसे नगरपालिकामा आपराधिक गतिविधि घटाउन सिसीक्यामेरा जोडेका छौँ । स्थानीयलाई स्वास्थ्य सहज बनाउन घुम्तीशिविर राखेर सेवा दिइएको छ । 


नगरपालिकाले अपांगता भएका व्यक्तिलाई जीवन सहज बनाउन मद्दत पुग्ने साधन दिएको छ । कृषिलाई पनि प्राथमिकतामा राखेका छौँ । कृषकलाई बिउबिजन वितरण गर्ने, अनुदान दिने काम भइरहेका छन् । कृषकलाई दूध बिक्रीबापत अनुदान दिने व्यवस्था मिलाएका छौँ । शिक्षा क्षेत्रमा डाक्टर, इन्जिनियर पढ्नेलाई छात्रवृत्ति दिनेलगायत काम गरेका छौँ ।


यस्तै, ९ वटै वडामा स्वास्थ्यकर्मीसहितको सेवा व्यवस्था भइसकेको छ । स्थानीय सरकारले बनाउने ३४ वटा कानुन बनेका छन् । यसबाहेक बाह्रबिसे नगरपालिकामा चौँरी पालन हुने भएकाले गोठमा पानी पुर्‍याइएको छ । नगरपालिकाको आफ्नो भवन पनि निर्माण सम्पन्न गरेको छ । ‘हामीले नगरपालिकाको व्यवस्थित भवनसमेत बनाइसक्यौँ,’ उनले भने, ‘यसबाहेक वृद्धवृद्धाका लागि भत्ता घरघरै पुर्‍याउने काम गरेका छौँ ।’


मेरो कार्यकालमा धेरै काम चाहेर पनि गर्न सकिएन । नगरको विभिन्न क्षेत्रमा सडकका ट्रयाक खोल्न, बिजुलीका पोल व्यवस्थित गर्न सकिएन । यस वर्षको बजेटमा पनि पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छौँ ।