close

भक्तपुरले बनायो सिर्जनानगरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन 

भक्तपुरले बनायो सिर्जनानगरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन 

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाले वडा नम्बर १ सिर्जनानगरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण गरेको छ । नगरपालिकाले निर्माण गरेको उक्त भवनको नगरप्रमुख सुनील प्रजापतिले उद्घाटन गरे ।

 

उपभोक्ता समिति गठन गरी पालिकाले गत वर्ष भवन निर्माण शिलान्यास गरेको थियो । शिलान्यास गर्दै नगरप्रमुख प्रजापतिले जनताको सहयोगबाट निर्मित स्वास्थ्य सेवा केन्द्रबाट नागरिकलाई सेवा पुग्ने बताएका थिए ।


पालिकाले भवन निर्माणसँगै स्वास्थ्य केन्द्रको भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनतिर ध्यान दिँदै आएको उनले बताए ।  उपभोक्ता समितिमार्फत निर्मित स्वास्थ्य सेवा भवनको गुणस्तरीयतामा कुनै खोट नहुने र जनताको अपनत्व पनि हुने विश्वास नगरप्रमुख प्रजापतिले व्यक्त गरे ।

 

पालिकाले हाल च्याम्हासिंहस्थित ख्वप अपस्पतालबाट नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएको छ । केन्द्रका लागि आवश्यक व्यवस्थापन पुरा भइसकेपछि सेवा सञ्चालनमा ल्याउने र स्थानीयले सोही केन्द्रमार्फत स्वास्थ्य सेवा लिन सक्ने वडाध्यक्ष श्यामकृष्ण क्षेत्रीले बताए ।  योसँगै वडाले १६ वटा नगरस्तरीय र ८ वटा वडास्तरीय योजना सम्पन्न गरिसकेको उनले जानकारी दिए ।