close

बेलझुण्डी कोरोना विशेष अस्पताल तुलसीपुरमा सारियो

बेलझुण्डी कोरोना विशेष अस्पताल तुलसीपुरमा सारियो

Trulli
ADVERTISEMENT

दाङ– कोरोना विशेष अस्पताल बेलझुण्डीलाई शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सारिएकोे छ । भौतिक संरचना निर्माण सम्पन्न भएपछि अस्पताललाई तुलसीपुरमा सारिएको होे । तुलसीपुरमा कोरोना छुट्टै इकाइको स्थापना गरी सो अस्पताललाई हस्तान्तरण गरिएको छ । सो कोरोना एकाइको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उद्घाटन गरे । 

 

कोभिडको सम्भावित तेस्रो भेरियन्टलाई मध्यनजर गरेर बालबालिका उपचार इकाइसहित, आइसियु, एनआइसियु, अक्सिजन प्लान्टसहित कोरना उपचार सेवा सुरु गरिएको उनले बताए । नगरप्रमुख पाण्डेले अब कोरोनाको सबै उपचार यहीबाट हुने उल्लेख गर्दै कोरोना उपचारमा अहोरात्र खट्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक र नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रीय आयुर्वेदिक चिकित्सा अध्ययन संस्थानलाई बेलझुन्डीलाई कोरोना विशेष अस्पताल सञ्चालनमा सहयोग गरेको धन्यवाद व्यक्त गरे । 

 

भौतिक संरचना अभावका कारण लुम्बिनी प्रदेश सरकारले बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद चिकित्सा अध्ययन संस्थानको भवनमा गत वर्ष कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको थियो । साविकका राप्ती पाँच जिल्लाका नागरिकलाई लक्षित गरी स्थापना गरिएको सो अस्पतालबाट दैनिक २ हजार बढी कोरोनाका बिरामीले सेवा पाएका थिए ।