close

सुस्ता गाउँपालिकामा लसुन प्याजको बिउबीजनमा अनुदान

सुस्ता गाउँपालिकामा लसुन प्याजको बिउबीजनमा अनुदान

Trulli
ADVERTISEMENT

नवलपरासी- जिल्लाको सुस्ता गाउँपालिकाले बिउबीजनमा ६० प्रतिशत अनुदान दिने तयारी गरेको छ । सीमावर्ती गाउँपालिका सुस्तामा धान, गहुँ, मकै, आलु, तोरी, उखुलगायत बालीको प्रशस्त उब्जनी हुने गरेको छ ।


पालिकाभित्र सम्भावना रहेका बालीका बिउबीजनमा अनुदान दिने नीतिअनुसार गहुँ, मकै, आलु, लसुन तथा प्याजको बिउमा ६० प्रतिशत अनुदान दिन लागिएको पालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । ‘चालू वर्षमा बिउमा ६० प्रतिशत अनुदान दिँदै छौँ’, अध्यक्ष पाण्डेले भने ।


गहुँ लगाउने समय भएकाले त्यसको गहुँको बिउ वितरणका लागि सबै तयारी भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले जानकारी दिए । उनका अनुसार कृषि यान्त्रिकीकरणमा दिइने अनुदानबारे भने निर्णय भइसकेको छैन ।