close

लगानीमैत्री वातावरण निर्माणमा मुख्यमन्त्रीको प्रतिबद्धता

लगानीमैत्री वातावरण निर्माणमा मुख्यमन्त्रीको प्रतिबद्धता

Trulli
ADVERTISEMENT

रूपन्देही–लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशबासीको नारालाई साकार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्योग व्यापार संगठन तिलोत्तमाको ७औँ साधारणसभा एवं चौथो अधिवशेन उद्घाटन गर्दै मुख्यमन्त्री केसीले प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन उद्योग, व्यापार र क्षेत्रको महत्त्वपूर्ण योगदान आवश्यक रहेको बताए । 

 

सरकारले उद्योगमैत्री नीति निर्माण गरी प्रदेश समृद्धिको यात्रालाई अगाडि बढेको उनको भनाइ छ । मुख्यमन्त्री केसीले प्रदेश सरकारले पछिल्लो चरणमा ल्याएकोे बजेट उद्योगमैत्री रहेको दाबी गर्दै सबै उद्योग व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

 

राजनीतिक संकट र कोभिडको संक्रमणबाट थलिएको लुम्बिनी प्रदेश र सिंगो नेपाल अब विस्तारै समृद्धि र सहजतातिर अगाडि बढेको उनले जानकारी दिए ।