close

मुख्यमन्त्री शाक्यले  विश्वासको मत लिने 

मुख्यमन्त्री शाक्यले  विश्वासको मत लिने 

Trulli
ADVERTISEMENT

मकवानपुर– वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबारबाट सुरु हुने प्रदेशसभाको नवौं अधिवेशनमा विश्वासको मत लिँदै छिन् । भदौ २ गते नेपालकै पहिलो मुख्यमन्त्रीका रूपमा सत्तारोहण गरेकी शाक्य उपाध्यक्ष रहेको दल नेकपा एमाले विभाजन भएर नेकपा ९एकीकृत समाजवादी० पार्टी गठन भएसँगै उनले सदनबाट विश्वासको मत लिनुपर्ने कानुनी अवस्था सिर्जना भएको हो ।

 

वाग्मती प्रदेशमा सभामुखसहित १ सय ९ सांसद छन् । एमालेका तर्फबाट एकल बहुमतका आधारमा शाक्य मुख्यमन्त्री बनेकी थिइन् । उनी मुख्यमन्त्री भएसँगै एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीमा १३ जना सांसद गए । उनीहरूले नयाँ दल रोजेसँगै हाल प्रदेशसभामा एमालेका ४३ सांसद मात्र छन् । सरकार टिकाउन शाक्यलाई ५५ मत आवश्यक पर्छ । जुन अन्य दलसँगको सहकार्यमा सम्भव छैन । हाल विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्र २३, नेपाली कांग्रेस २२, एकीकृत समाजवादी १३ र जनता समाजवादीको १ मत गरी ५९ जना सांसदले शाक्यलाई विश्वासको मत नदिने र नयाँ सरकार घोषणा गरिसकेका छन् । ३ मत रहेको विवेकशील साझा पार्टीले यो सरकारलाई विस्थापित गर्न विश्वासको मतको विपक्षमा मतदान गर्ने घोषणा गरिसकेको छ ।