close

कटारी–हलेसी जोड्ने झोलुंगे : काम नसकिँदै भत्कियो स्ल्याप

कटारी–हलेसी जोड्ने झोलुंगे : काम नसकिँदै भत्कियो स्ल्याप

Trulli
ADVERTISEMENT

उदयपुर–    उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० चिप्टार र खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर २ बाइटार जोड्ने सुनकोसीको झोलुंगे पुल निर्माण सम्पन्न नहुँदै भौतिक संरचना भत्किएको छ ।  पुलमा गुणस्तरहीन सामग्री प्रयोग भएपछि निर्माण सम्पन्न नहुँदै भत्किएको स्थानीयको आरोप छ । पुल निर्माण जिम्मा लिएको कम्पनीको ढिलासुस्तीसँगै निर्माण हुन नसकेको पुलको स्ल्यापमा गुणस्तरहीन सामाग्री प्रयोग गरेकाले भत्किएको हो ।


पूर्वाधार विकास कार्यालय गाईघाटबाट ३ करोड ५० लाख रुपैयाँमा ठेक्का लिएका वसन्त बुढाथोकीले झोलुंगेमा गुणस्तरहीन सामग्री प्रयोग गरेपछि स्ल्याप भत्किएको स्थानीयको दाबी छ ।

 

पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग र ढिलासुस्ती भएकोबारे सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गराउँदासमेत बेवास्ता गरेको बताएका छन् । पुल नहुँदा दुवै जिल्लाका स्थानीयले काठको डुंगाबाट जोखिम मोलेरै सुनकोसी आउजाउ गर्नुपर्ने बाध्यता रहेको स्थानीय भरत दाहालले बताए ।

 


च्याँगा प्रवेश गर्ने सडक युवाले बनाए चिटिक्कै 

 

उदयपुरको कटारी नगरपालिका वडा नम्बर ३ च्याँगामा दसैं नजिकिएसँगै युवाले गाउँ जाने सडक चिटिक्क पारेका छन् । कटारी वडा नम्बर ३ को ताराघारीदेखि दक्षिणतर्फ  २ किलोमिटर वन क्षेत्रको भागमा युवाले सडक सरसफाइका साथै रंगरोगन गरी चिटिक्क पारेका हुन् । 

 

कालोपत्रे सडक आसपास वन क्षेत्रमा रंगरोगन गरिएसँगै सडक सुन्दर देखिएको छ । गत वर्ष कालोपत्रे गरिएपछि यो सडक खण्डमा फोटो खिच्ने, भिडियो खिच्ने, टिकटक बनाउनेको संख्या बढ्दै गएको छ ।  सेल्फी लिन आउनेको संख्या वढ्दै गएपछि युवाले गाउँ प्रवेश गर्ने सडक चिटिक्क पारेका हुन् । दसैंमा गाउँमा नयाँ आगन्तुक आउने फोटो, भिडियो खिच्ने र प्रचार–प्रसार हुने भएपछि सरसफाइ गरी चिटिक्क पारिएको युवाहरू बताउँछन् । दुवै किनाराका रुखमा रातो र सेतो रंग पोतेर सडकलाई आकर्षक बनाइएको हो ।