close

प्रदेश प्रमुख गुरुङद्वारा नवनियुक्त मन्त्री डोबाटे विश्वकर्मालाई शपथ

प्रदेश प्रमुख गुरुङद्वारा नवनियुक्त मन्त्री डोबाटे विश्वकर्मालाई शपथ

Trulli
ADVERTISEMENT

कास्की- गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशका नवनियुक्त विना विभागीय मन्त्री डोबाटे विश्वकर्मालाई सोमबार एक समारोहबीच पद तथा गोपनीयताको शपथ गराएका छन् ।

 

मन्त्री विश्वकर्मालाई आजै प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री पदमा नियुक्ति गरेका हुन्। शपथ ग्रहण समारोहमा मुख्यमन्त्री पोखरेल, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्रीहरुलगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

 

शपथ ग्रहणपश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री विश्वकर्माले संविधान र कानूनले निर्दिष्ट गरेका विषयलाई आत्मसात् गर्दै जिम्मेवारीका साथ काम गर्ने बताए ।

 

संवैधानिक अधिकारअनुसार गण्डकी प्रदेशमा मन्त्री सङ्ख्या पूर्ण भएको छ । साठी प्रदेशसभा सदस्य रहेको प्रदेशमा २० प्रतिशत अर्थात् १२ जना मन्त्री बन्न पाउँछन् । गण्डकी प्रदेशमा कांगे्रसबाट मुख्यमन्त्रीसहित छ, माओवादीका चार, जसपाका एक र एकजना स्वतन्त्र प्रदेशसभा सदस्य मन्त्री छन् ।