close

छथरले चलायो गाउँ–गाउँमा निःशुल्क अल्ट्रासाउन्ड

छथरले चलायो गाउँ–गाउँमा निःशुल्क अल्ट्रासाउन्ड

Trulli
ADVERTISEMENT

धनकुटा–धनकुटाको छथर गाउँपालिकाले गर्भवती महिलाका लागि गाउँ–गाउँमा निःशुल्क गामीण अल्ट्रासाउन्ड जाँच कार्यक्रम सुरु गरेको छ । पालिकाको स्वास्थ्य शाखाले वडा नम्बर ३ को ताँखुवा स्वास्थ्य चौकीबाट आइतबारदेखि २ दिने कार्यक्रम गरेर अभियान थालेको हो ।

 

स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष भीमकला श्रेष्ठले अभियान थालेकी हुन् । अल्ट्रासाउन्ड जाँचको पहिलो दिन १५ जना गर्भवती महिलाले जाँच गराएको ताँखुवा स्वास्थ्य चौकीका प्रमुख पुष्पराज ओझाले जानकारी दिए ।

 

२४ असोजबाट सुरु गरिएको निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड जाँच कार्यक्रम कात्तिकबाट सबै वडामा सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख डंगोलले बताए ।अल्ट्रासाउन्ड जाँच कार्यक्रम सुरु भएका सबै ६ वडामा महिनाको १ पटक निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड जाँच सेवा दिइनेछ ।

 

पालिका, प्रदेश सरकार र करुणा फाउन्डेसनको सहकार्यमा अपांगता रोकथाम कार्यक्रमअन्तर्गत यो अभियान सञ्चालन गरिएको हो । ग्रामीण तथा दुर्गम क्षेत्रका गर्भवती महिलाको स्वास्थ्य अवस्था बेलैमा पत्ता लगाई आमा तथा नवजात शिशुको मृत्युदर घटाउन यो कार्यक्रम लागू गरिएको हो ।