close

नेपालगञ्जकी उपप्रमुख मगरलाई कोरोना संक्रमण पुष्टि

नेपालगञ्जकी उपप्रमुख मगरलाई कोरोना संक्रमण पुष्टि

Trulli
ADVERTISEMENT

बाँके - नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपप्रमुख थापाले आईतबार नेपालगञ्जको भेरी अस्पतालमा पिसिआर परिक्षण गराएकी थिईन । सो परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । 


उपप्रमुख मगरलाई १० दिन पहिले देखि संक्रमणको लक्षण देखा परिरहेको थियो । तर, यस भन्दा अघि २ पटक कोरोना परिक्षण गराएपनि  रिपोर्ट भने नेगेटिभ नै आएको थियो ।


उपप्रमुख मगरलाई  रुघाखोकि निको नभएपछि डाक्टरको सल्लाह अनुसार आईतबार पुनः स्वाव दिएको र मंगलबार उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हाे । उपप्रमुख मगरले अहिले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै होम आईसोलेसनमा बसेको पालिका खबरलाई जानकारी दिइन् ।


उनले पछिल्ला केहिदिन यता आफ्नो संम्पर्कमा आएका व्यक्तिहरुलाई सुरक्षाका मापदण्ड अपनाउदै घरमा सुरक्षित बस्न र कोरोनाको लक्षण देखिएमा पिसिआर चेक गर्न आग्रह गरेकी छन् ।


उपप्रमुख मगर बाँकेमा सुरुदेखिनै भारतबाट नेपाल भित्रिएको नागरिकको व्यवस्थापनका साथै कोरोना नियन्त्रण तथा रोकथाममा अग्रपंक्तिमा खटिएर काम गरिरेहेकी थिईन् ।