close

दशै‌ मनाउन घर गएकालाई कार्यक्षेत्र फर्कंदा पिसीआर रिपोर्ट अनिवार्य

दशै‌ मनाउन घर गएकालाई कार्यक्षेत्र फर्कंदा पिसीआर रिपोर्ट अनिवार्य

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले जिल्लाबाहिर घर भएका शिक्षक तथा कर्मचारीलाई दशै‌ मनाएर कार्यक्षेत्र फर्कंदा पिसीआर रिपोर्ट अनिवार्य गरेको छ । 


पिसीआर रिपोर्ट नेगेटिभ आएको बढीमा ५ दिनभित्रै विद्यालय वा कार्यालयमा हाजिर भइसक्नुपर्ने गरी गाउँपालिकाले नियम बनाएको हो ।


गाउँपालिकाका सम्बन्धित शाखामार्फत मातहतमा जानकारी गराउने गरी जिम्मेवारी दिएको गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले जानकारी दिए । ‘शिक्षकका लागि अनिवार्य र कर्मचारीका हकमा पिसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको बढीमा ५ दिन हाजिर भइसक्न अनुरोध गरेका छौं’, उनले भने ।


गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शिक्षा अधिकृत सीतादेवी लावतीले गाउँ शिक्षा समितिको २७ असोजको बैठकको निर्णयअनुसार दशै‌ मनाउन गएका शिक्षक कार्यक्षेत्र फर्कंदा बढीमा ५ दिनको पिसीआर रिपोर्टसहित विद्यालयमा हाजिर भइसक्नुपर्ने सूचना  जारी गरिएको बताइन् ।


उनका अनुसार आठराई त्रिवेणी गाउँपालिकाका सबै विद्यालयको अहिले कायम रहेको सिकाइ सहजीकरण कार्यक्रम घटनास्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन बन्द हुनेछ ।


त्यसपछि फेरि सिकाइ सहजीकरण सुरु हुने भएकाले निर्धारित मितिमै पिसीआर रिपोर्टसहित अनिवार्य विद्यालयमा उपस्थित हुन उनले सूचनामार्फत जानकारी गराएकी छन् ।