close

प्रतिनिधिसभाका सांसद सानु सिवाको निधन 

प्रतिनिधिसभाका सांसद सानु सिवाको निधन 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - संघीय संसद प्रतिनिधिसभाका सदस्य सानु सिवा पहाडीको बुधबार निधन भएको छ ।

 

लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित सांसद सिवाको उपचारकै क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको सिवाका परिवारका सदस्यलाई उद्धृत गर्दै ताप्लेजुङ सरोकार केन्द्रका उपाध्यक्ष टंक श्रेष्ठले जानकारी दिए । 


दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको डेढ दशकअघि मिर्गौला प्रत्यारोपणसमेत गरिएको थियो ।

 

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)बाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेकी सानु सांगीतिक क्षेत्रमा निकै अब्बल मानिन्थिन् । ताप्लेजुङमा जन्मिएकी सानुको कर्मघर भने इलाम हो ।